
अत्तरिया : कञ्चनपुरमा अवैध सामान फेला परेको छ ।
जिल्लाको भीमदत्त नगरपालिका–४ ट्राफिक चोक र पुनर्वास नगरपालिका–११ टाउके बजारबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख ३७ हजार ५२० मूल्यको प्याज, बिडी, सुर्ती, पेय पदार्थ, तरकारी र घाँसको बिउ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरीले जनाएको छ ।