करेन्ट लागेर धनगढीमा महिला घाइते

धनगढी : कैलालीको धनगढीमा एक महिला करेन्ट लागेर घाइते भएकी छन्।

Dhangadhi_Tihar 2083

धनगढी उपमहानगरपालिका–७ मनहेराकी २४ वर्षीया मेनुका चौधरी करेन्ट लागेर घाइते भएकी हुन्।

मेनुकालाई पानीको नलमा मोटरको प्लक जोड्दा करेन्ट लागेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र कैलालीले जनाएको छ।

घाईते मेनुकाको सेति प्रादेशिक अस्पताल धनगढीमा उपचार भईरहेको छ।

Loading...