अत्तरिया : नेकपा एमाले गोदावरीको नगर अधिबेशन जेठ १५ गते हुने भएको छ । सोमबार बसेको नगर कमिटीको पुर्ण बैठकले उक्त मितीमा नगर अधिबेशन गर्ने निर्णय गरेको हो ।
अधिबेशनको मिति तोकिए संगै तयारीको लागि विभिन्न समितिहरु पनि बनाइएका नगरका कार्यबाहक अध्यक्ष सन्तोष सिँहले जानकारी दिएका छन् । यस्तै बैठकले प्रतिनिधि चयनको मापदण्ड पनि टुंगो लगाएको छ । जस अनुसार ८ जना संगठित सदस्य बराबर एक जना प्रतिनिधि चयन हुनेछन् ।
सबै वडामा ९ गते प्रतिनिधि चयन गरिने कार्यबाहक अध्यक्ष सिँहले बताए । गोदावरीमा एमालेका झण्डै १९ सय ३७ संगठित सदस्य छन् भने १ सय बढी अझै थपिने सम्भावना रहेको उनको भनाई छ ।
अधिबेशनको लागि झण्डै साढे ३ सय प्रतिनिधि चयन हुनेछन् । अधिबेशन संगै नयाँ नेतृत्वको लागि पनि दौडधुप शुरु भएको छ ।
अहिले अध्यक्षमा हालका कार्यबाहक अध्यक्ष सिँह र अर्का युबा नेता हरि फुलाराको नाम चर्चामा रहेको छ भने दुबैले प्रचार नै शुरु गरिसकेका छन् तर सहमति बाट नै नेतृत्व चयन हुने पनि नेताहरूले बताउन थालेका छन् । कार्यबाहक अध्यक्ष सिँह र अर्का नेता फुलारा दुबै जना वडा नम्बर ६ का युबा नेता हुन ।
यस अघि जेठ ४ र ५ गर्ने अधिबेशनको तयारीको लागि शुक्रबार सचिबालयको बैठक बोलाइएको थियो तर आबश्यक संख्या नपुगेपछी बैठक बस्न सकेको थिएन् ।