फेसबुकबाट जिस्क्याउने युवक पक्राउ

अत्तरिया : अछाममा प्रहरीले साइबर अपराधमा संलग्न एक युवकलाई पक्राउ गरेको छ ।

Dhangadhi_Tihar 2083

सामाजिक सञ्जालमार्फत जिस्क्याउने तथा गाली गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार उनले फेसबुकबाट जथाभावि अश्लिल शब्द प्रयोग गरी गाली गर्ने, जिस्क्याउने, हैरानी दिने गरेका थिए ।

उनलाई जिल्ला अदालतबाट म्याद थप गरी विद्युतीय कारोबार ऐन २०६३ बमोजिम अनुसन्धान भइरहेको छ । पक्राउ परेका युवकको परिचय भने प्रहरीले खुलाएको छैन ।

Loading...