कैलाली र कञ्चनपुरका बिभिन्न स्थानबाट अवैध सामान फेला

अत्तरिया : कैलाली कञ्चनपुरमा झण्डै ढाई लाखको अवैध सामान फेला परेको छ ।

Dhangadhi_Tihar 2083

दुबै जिल्लाका विभिन्न स्थानमा २ लाख ४७ हजार ७०१ मूल्यको अवैध सामान फेला परेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह नजिक, टीकापुर नगरपालिका–८ कर्मीडाडास्थित भित्री सडकखण्ड र भजनी नगरपालिका–३ ढुसीबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ८३ हजार ८८० मूल्यको प्याज, चिनी, मिश्री, सुर्ती, बिडी, मसला, लेडिज टप्स, कुर्ति सेट, जन्तर, प्लाष्टिक झिल्ली, लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत प्रहरी कार्यालयहरुबाट खटिएको गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको बताइएको छ ।

त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटेना, बेलौरी नगरपालिका–१ फटैया, बेलौरी–८ पचुई इट्टा भट्टा नजिक र कृष्णपुर नगरपालिका–५ गुलरीयाबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख ६३ हजार ८२१ मूल्यको पेय पदार्थ, खद्यान्न, कट्टु, गन्जी, बिस्कुट, कुरकुरे, सुर्ती, पास्ता, कस्मेटिक सामान, माछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

Loading...