अत्तरिया : क्रिकेटर सन्दीप लामिछानले सफाई पाएको खुसीमा कैलालीको गोदावरी नगरपालिका – ६ र ७ को संगम स्थल लालपुरको गौडीमा दीप प्रज्वलन गरिएको छ ।

स्थानिय दिप शिखा युवा क्लबले बलात्कार मुद्धामा मुछिएका लामिछानेले सफाई पाएको खुसीमा दीप प्रज्वलन गरेको हो । बुधबार उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाइ दिएको थियो ।
सोही खुसीयालीमा क्लबले दीप प्रज्वलन गरेको स्थानिय शंकर खड्काले जानकारी दिए । उनले देशलाई खेलकुदको माध्यमबाट विश्वभर चिनाउने खेलाडीलाई लगाईएको आरोपले देश नै बद्नामित हुन पुगेकोमा अदालतले न्यायको आभास दिलाएको बताए ।
उनले अब लामिछानेले पुनः क्रिकेटमा आफ्नो देशलाई उच्च तहमा पु¥याउन मद्दत गर्ने समेत विश्वास लिएको बताए ।