धनगढी : कैलाली र कञ्चनपुरबाट भन्सार छलिका सामान बरामद गरिएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह र टीकापुर नगरपालिका–९ पुरानो भन्सार कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य १ लाख २५ हजार २ सय मूल्य बराबरको सामान बरामद गरिएको छ।
उक्त मूल्य बराबरको चिनी, बच्चाको समिज, सुटपिस, माछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो।
यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका–५ सुकासालबाट ३० हजार ४९० मूल्य बराबरको मिश्री, धानको बिउ, चरी घाँसको बिउँ र भाडा धुने साबुन लगायतका सामान वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी गस्ती टोलीले बुधवार फेला पारी नियन्त्रणमा लिएको छ।