कैलालीमा भन्सार छलीको सामान बरामद

धनगढी : कैलालीको विभिन्न स्थानबाट सामान बरामद गरिएको छ।

Dhangadhi_Tihar 2083

धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह नजिक, धनगढी उपमहानगरपालिका–९ त्रिवेणीघाट र टीकापुर नगरपालिका–८ बटनपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ६० हजार ७७० मूल्य बराबरका सामान शुक्रवार बरामद गरिएको हो।

उक्त मुल्य बराबरको प्याज, चिनी, पानि तान्ने मोटर, मिठाई, प्लाष्टिक झिल्ली लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो।

Loading...