धनगढी : कैलालीमा बाँसको झ्याङबाट लडेर एक जनाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका-१४ फुलवारीका ८७ वर्षीय धनबहादुर लिम्बु घर नजिकै बाँस काट्ने क्रममा बाँसको झ्याङबाट लडेर गम्भिर घाईते भएका थिए ।
घाइते लिम्बुलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पुर्याउँदा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको थिए। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।