अत्तरिया : कैलालीको अत्तरियाबाट यौन धन्दामा संलग्न होटेल सञ्चालक सहित ३ जना पक्राउ परेका छन् । शनिबार गोदावरी नगरपालिका-२ रीङरोड स्थित निशा होटेल एण्ड लजमा अनैतिक क्रियाकलापमा संलग्न युवायुवती पक्राउ परेका हुन ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको जनाइएको छ ।
पक्राउ पर्नेमा होटेलबाट होटेल सञ्चालक महिला सहित २ जना र १ पुरुष एक जना रहेका छन् ।
