सहिद दशरथ चन्द विश्वविद्यालयको शिक्षण अस्पतालमा जटिल कानसम्बन्धी शल्यक्रिया

अत्तरिया : कैलालीकाे गेटा स्थित सहिद दशरथ चन्द विश्वविद्यालयको शिक्षण अस्पतालमा जटिल कानसम्बन्धी शल्यक्रिया गरिएको छ। अस्पतालमा माइक्रोस्कोपिक मोडिफाइड रेडिकल मास्टोइडेक्टोमी (एमआरएम) शल्यक्रिया सम्पन्न भएको विश्वविद्यालयले जनाएको छ।

Dhangadhi_Tihar 2083

यो शल्यक्रिया मध्यकान र मास्टोइड हड्डीमा हुने दीर्घकालीन संक्रमण तथा कोलेस्टेटोमा नामक असामान्य छालाको वृद्धिको उपचारका लागि गरिन्छ। उच्च क्षमताको अपरेटिङ माइक्रोस्कोपको सहायताले गरिने यो विशेष प्रकारको ईएनटी शल्यक्रिया हो।

विश्वविद्यालयका अनुसार उक्त शल्यक्रिया प्रा. डा. भुवन पाण्डेयले गरेका हुन्।

Loading...