अत्तरियाको सिटी सेन्टरमा नयाँ व्यवस्थापनका साथ ‘न्यू सस्तो वेवी सप’ सञ्चालनमा

अत्तरिया : कैलालीको अत्तरिया स्थित सिटि सेन्टरमा नयाँ व्यवस्थापनका साथ न्यू सस्तो वेवी सप फेन्सी पसल सञ्चालनमा आएको छ । गोदावरी नगरपालिका-२ अत्तरिया चोक स्थित सिटी सेन्टरको पहिलो तलामा ठाउँ परिवर्तन गरी उक्त फेन्सी पसल सञ्चालनमा आएको हो ।

उक्त पसलको आज (शुक्रबार) अत्तरिया उद्योग वाणिज्य संघका सचिव तथा पसल संचालक दिपिन कुमार साउदले रिवन काटी उद्घाटन गरेका छन् । करिब ३० लाखको लागतमा पसल सञ्चालन गरिएको सञ्चालक साउदले बताएका छन् ।

पहिले अत्तरिया चोक नजिकै रहेको उक्त पसल अहिले चोक नजिकै सिटी सेन्टरको पहिलो तलामा सारेको छ ।

पसलमा बालबालिकाका लागि अहिलेको समय सुहाउदो फेसनेवल लुगाकपडाहरु सुपथ मुल्यमा उपलब्ध गराईने बताउदै सञ्चालक साउँदले सबैलाई सेवाको मौका दिन अनुरोध गरेका छन् ।

Deep Jyoti Pustak psl
Loading...