अत्तरिया : कैलालीको गोदावरीबाट अवैध कपडा बरामद गरिएको छ । कार्तिक ११ गते राती इलाका प्रहरी कार्यालय मालाखतीबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका-४ हनुमान मन्दिर नजिक सडक किनारमा भारतबाट अबैध रुपमा भन्सार छली ल्याएका कपडा बरामद गरेको हो ।

जसमा ऊनि कोट,स्टकोट, लेटिज सुईटर थर्मकोट, सेन्डु, कट्टु समेतका लुगा कपडा गरि अन्दाजी १ लाख ३५ हजार ७२० रुपैयाँ बराबरको कपडा बरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त कपडा आवश्यक कारवाहीको लागि कैलाली भन्सार कार्यालय त्रिनगर बुझाईएको छ ।