धनगढीमा बेवारिसे अवस्थामा पुरुषको शव फेला

धनगढी : कैलालीको धनगढीमा बेवारिसे अवस्थामा शव फेला परेको छ । सोमबार विहान धनगढी उपमहानगरपालिका-११ घोडसुवास्थित ठेकराज माध्यमिक बिद्यालयको शौचालय नजिक अन्दाजी ५५ वर्षीय पहिचान नखुलेको पुरुषको शव फेला परेको हो ।

Dhangadhi_Tihar 2083

मृतकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बर्ण गहुगोरो, उचाई ५ फिट ५ इन्च, माथिल्लो शरीरमा सेतो धर्के आस्कोट, भित्र सर्ट, तल्लो शरीरमा हाफ पाइन्ट, दाह्री फुलेको पुरुषको शव फेला परेको हो ।

घटनास्थल नजिकै ढाका टोपी, घगारुको लाठी, च्यादर फेला परेको हुँदा लाठी टेक्ने टोपी लगाउने पुरुष हुन सक्ने प्रहरीको अनुमान छ ।

Loading...