कञ्चनपुर : कञ्चनपुरमा विद्यालयको बसबाट खसेर घाइते भएका बालकको मृत्यु भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका-५ का ८ वर्षीय अनमोल कुँवरको मृत्यु भएको हो ।
उनी सोमवार कृष्णपुर नगरपालिका-२ स्थित डायमण्ड ईङगलिस स्कुलको ना ३ ख ८१४६ नम्बरको बसबाट खसेर गम्भिर घाइते भएका थिए ।
भारतको लखनौंमा आज उनको उपचारका क्रममा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुुख एसपी चक्रराज जोशीले बताए । सोमवार साँझ विद्यार्थी लैजानेक्रममा कुवँर बसबाट खसेर भएका थिए । मृतक बालक कृष्णपुर नगरपालिका-२ बंकमा मामा घर बसेर उक्त बोडिङ्ग स्कुलमा पढ्दै आएका थिए ।
बालकका आफन्तले चरम लापरवाही गरेको भन्दै विद्यालयप्रति आक्रोश पोखेका छन् । उनीहरुले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन । उक्त घटनाबारे कञ्चनपुर प्रहरीले छानबिन भईरहेको जनाएको छ ।
