अत्तरिया : कैलालीको गोदावरीमा बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोमबार बझाङको दुर्गाथली गाउँपालिका-५ भलान्याका २५ वर्षीय मोहन जप्रेलको बस दुर्घटनामा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाका अनुसार सोमबार राती गोदावरी नगरपालिका-४ वनदेवी नजिकै सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३२२८ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना भएको हो ।
दुर्घटनामा बस चालक नै बस मुनी च्यापिएर गम्भिर घाइते भएका थिए । भएका जप्रेलको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डिएसपी थापाले बताए ।