धनगढी : कैलालीको धनगढीमा अटो पल्टिदा ४ जना घाइते भएका छन् ।

धनगढी उपमहानगरपालिका-८ बुद्ध चोक नजिकै अटो पल्टिदा ४ जना घाइते भएका हुन् ।
दुुर्घटनामा ३८ वर्षीया एक महिलासहित ३४, ३८ र ७२ वर्षीय पुरुष घाइते भएको प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।