धनगढी : सुदूरपश्चिम प्रदेशमा चार महिनाको अवधीमा भ्रष्टाचार सम्बन्धी तीन सय ३५ उजुरी परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरमा चालु आर्थिक वर्ष २०८१\८२ को साउनदेखि मंसिर २० गतेसम्म तीन सय ३५ उजुरी परेका हुन् ।
कार्यालयकाअनुसार साउनमा सबैभन्दा धेरै ११४, भदौमा ८३, असोजमा ५१, कार्तिकमा ५९ र मंसिरको २० दिनमा २८ उजुरी परेका छन् ।
विभिन्न माध्यमबाट प्राप्त ती उजुरीमाथि अख्तियारको महेन्द्रनगर कार्यालयले जाँचबुझ भइरहेको जनाएको छ ।
