धनगढी : सुदूरपश्चिम प्रदेश पत्रकार महासङ्घको निर्वाचनमा अध्यक्षको लागि तीन जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा केशवराज जोशी, भरतबहादुर शाह र मीन बहादुर बमको उम्मेदवारी परेको छ ।
उपाध्यक्षमा मानबहादुर साउद र राम धामीको उम्मेदवारी परेको छ । महिला उपाध्यक्षमा कालिमैया चौधरी र हेमन्ती डगौरा चौधरी, महासचिवमा शिवराज भट्ट र हरि जोशीको उम्मेदवारी परेको छ ।

सचिवमा धनराज साउद, भुवनेश्वरप्रसाद बोहरा, शैलेन्द्र रोकायाको उम्मेदवारी परेको छ भने सचिव समावेशीमा इन्द्राकुमारी केसी, मुकेश टेर्रा र रमेश परियारको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा वरुण पनेरु र हर्कबहादुर विक उम्मेदवार बनेका छन् ।
५ सदस्य रहेको सदस्यमा अर्जुन बहादुर सिंह, आशिषबहादुर सिंह, केशवदत्त भट्ट, कृतबहादुर विष्ट, जनार्दन उपाध्याय, दिनेशबहादुर कठायत, पदमबहादुर बोहरा, वासुदेव भट्ट, रमेशकुमार केसी, लिलाजंग शाही र सुभाष कठायत उम्मेदवार छन् । महिला सदस्य, दलित सदस्य , जनजाति सदस्य र अपाङ्गता तथा अल्पसङ्ख्या सदस्यमा भने ८ जना निर्विरोध भइसकेका छन् ।
तीन जना तोकिएको महिला सदस्यमा दुर्गा देवकोटा,भुवनेश्वरी कुमारी शाही र सन्तोषी रावल निर्वाचित भएका हुन् । सदस्य दलितमा प्रदीप मलासी, आदिवासी जनजातिमा छविलाल चौधरी र भीम बहादुर चौधरी निर्विरोध हुँदा सदस्य मधेसीमा सागर कुस्मी र अल्पसङ्ख्यक अपाङ्गतामा नहकुल देवी जिसी निर्विरोध भएका छन्।