अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थीत जोनापुरमा रहेको मातृभूमि सामुदायिक वनको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । वनकी अध्यक्ष सिता चौधरीको सभाअध्यक्षतामा सोमबार सम्पन्न भएको साधारण सभामा प्रमुख अतिथि वडा नम्बर ८ का वडा अध्यक्ष गोबिन्द चौधरी रहेका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले वन जंगल संरक्षणमा सामुदायीक वनको भूमिका महत्वपूर्ण रहेको बताए । उनले वन साझा सम्पत्ति भएकोले सबै मिलेर संरक्षण गर्नुपर्ने बताए । त्यस्तै वनकी अध्यक्ष सिता चौधरीले समितिले मात्रै चाहेर वन संरक्षण गर्न नसकिने बताइन् । उनले वन संरक्षणका लागि उपभोक्ताको सहयोग अनिवार्य रहेको बताइन् । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिसहित उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।
२०७१ सालमा स्थानियले दर्ता गरेको सामुदायिक बनको १० बर्षपछि नविकरण गरि सकृय रुपमा वनकी अध्यक्ष सिता चौधरीले समामुदायिक वनको नेतृत्व गरिरहेकी छन् । भदौ २६ गते महिलाहरुको समुहमा नयाँ नेतृत्व चयन भएको थियो । समिति गठन भएसंगै नविकरण लगायतका सम्पुर्णकामहरु गरी दोस्रो बार्षिक साधारणसभा समेत सम्पन्न गरेको वनकी अध्यक्ष सिता चौधरीले बताईन् ।

