बाजुारामा घाँटी रेटी बालिकाको हत्या

बाजुरा : बाजुरामा एक नाबालिकाको घाँटी रेटी हत्या गरिएको छ । बुढीगङ्गा नगरपालिका-२ नडाङ्ग बस्ने वर्ष ४८ का नन्दे सनाईले ८ वर्षीया विनिता सनाईको घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सोही नगरपालिका बस्ने हर्क सनाई र तुला देवि सनाईकी ८ वर्षीया छोरी विनिता घर पछाडी खेलिरहेको बेला नन्देले घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनक बोहराले जानकारी दिए ।

नन्देले बालिकाको धारिलो हतियारले टाउँको काटेर आफ्नो घरमा लुकेर बसेको मृतक बालिकाको जेठो बुबा लुलाराम नेपालीले जानकारी दिए। सनाईले बालिकालाई धारिलो हतियारले टाउँको काटेर आफ्नो घरमा लिएर घरको ढोकाको चुक्कुल लगाएर घरमा बसेको बेलामा प्रहरीले उसलाई नियन्त्रणमा लिएको सूचना अधिकारी बोहराले बताए ।

उनले भने, “अभियुक्त सनाईलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखेको छ । आफन्तको जाहेरी आउने वित्तिकै उसलाई मुद्दा चलाउने तयारी भइरहेको छ ।”

अभियुक्त सनाइले हत्यामा प्रयोग गरेका हँसिया कोदालो र बन्चरो सबै हतियार नियन्त्रण गरेर उसलाई हिजै राति जिल्ल प्रहरी कार्यालयमा राखेको छ । मृतक बालिकालाई पनि पोष्टमार्टमका लागि अहिले जिल्ला अस्पताल बाजुरामा राखेको सूचना अधिकारी बोहराले बताए ।

Deep Jyoti Pustak psl
Loading...