एमाले डोटीको अध्यक्षमा मञ्जु मलासी निर्वाचित

डोटी : नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी डोटीको अध्यक्षमा मञ्जु मलासी निर्वाचित भएकि छन् । एमाले डोटीको नवौं जिल्ला अधिवेशनबाट निकटम प्रतिद्वन्दी शेरबहादुर मल्ललाई पराजित गर्दै मलासी अध्यक्षमा निर्वाचित भएकि हुन्।

मङ्गलबार बिहान सार्वजनिक भएको निर्वाचन परिणाम अनुसार मलासीले आफ्ना प्रतिस्पर्धी शेरबहादुर मल्ललाई ४४ मत बढी ल्याएकि छन् । मलासीले दुई सय १५ प्राप्त गर्दा मल्लले एक सय ७१ मत प्राप्त गरेकि थिइन् ।

मङ्सिर २८ गतेबाट सुरु भएको नवौं डोटी जिल्ला अधिवेशनमा चार सय १२ जना प्रतितिधि रहेका थिए । निर्वाचन समितिका संयोजक अधिवक्ता नवराज भट्टका अनुसार सोमबार सम्पन्न भएको निर्वाचनमा तीन सय ९३ जना प्रतिनिधिहरुले मतदान गरेका थिए ।

अधिवेशनबाट जिल्ला कमिटी उपाध्यक्ष पदमा खगेन्द्र बढैला, सचिवमा पदमराज भट्ट, खुला उपसचिवमा डम्मरसिंह डौडी र महिला उपसचिवमा बिस्ना देवी सिंह निर्वाचित भएका छन् ।

२०८० चैतमा सम्पन्न हुनुपर्ने एमाले डोटीको जिल्ला अधिवेशन प्रतिनिधि छनोटमा विवाद उत्पन्न भएपछि २०८१ मङ्सिरमा सारिएको थियो ।

Loading...