अत्तरिया उद्योग वाणिज्य संघलाई विधान बमोजिम अगाढी बढाउन सुझाव, महोत्सव सञ्चालन गर्न पनि आग्रह

अत्तरिया : कैलालीको अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहराले संस्थालाई अगाढी बढाउनका निमित्त संघका सल्लाहकार तथा ब्यबसायीहरुसंग छलफल गरेका छन् । सिमितिका ११ जनाले सामूहिक राजीनामा दिएपछि अध्यक्ष बोहराले आज सल्लाहकार तथा ब्यबसायीहरुसंग संघको कार्यालयमा छलफल कार्यक्रमको आयोजना गरेका हुन् ।

छलफल कार्यक्रममा विधान बमोजिम सदस्य मनोनीत गरेर संस्थालाई अगाढी बढाउन सुझाव दिइएको छ । संघका संस्थापक उपाध्यक्ष एवम् सल्लाहकार नैनसिंह कार्कीले राजीनामा विकल्प नभएको बताउँदै संस्थालाई अघि बढाउन कार्यसमिति आवश्यक रहेको बताए । उनले राजीनामा दिने पदाधिकारीहरुले व्यवसायीसंग छलफल नगरी आफुखुसी राजीनामा दिन नहुने उनको भनाई थियो ।

त्यस्तै संघका सल्लाहकार धर्मसिंह कुवरले पनि विधानबमोजिम अघि बढ्न सुझाव दिएका छन् । पुर्व अध्यक्ष अशोक देवकोटाले नियमन गर्ने निकाय जिल्ला प्रशासन कार्यालयले बिधान अनुसार अगाढी बढ्न पत्रनै दिईसके पछि संस्थालाई बन्धक बनाएर नराख्न सुझाब दिएका छन् । पुर्व महासचिव यज्ञराज जोशीले गलत भएको कुराहरु मिलापत्र भएर टुंग्याईएको बताउदै अब सबै व्यापारीहरु मिलेर अगाढी बढ्नुपर्ने बताए ।

Dhangadhi_Tihar 2083

अर्का सल्लाहकार तेज खड्काले आफुहरु संघको साथमा रहेको बताउदै बिधान अनुसार समितीमा मनोनयन गरि टिम बनाएर महोत्सव लगाउन सुझाव दिए । उनले महोत्सव अत्तरियाको पहिचान भएकोले चाँडो महोत्सवको तयारी गर्नुपर्ने बताए । व्यवसायी धनादेवि चोखालले पनि विधानबमोजिम अघि बढ्न सुझाब दिईन् । डा.नर बहादुर मौनिले टिकट काण्डले बेईज्जत त गरायो तर अब सबै मिलेर अगाढी बढ्नुपर्ने बताएका छन् ।

गत बर्षको महोत्सवमा नक्कली ठेली बिक्रि भएपछि संघ भित्र बिबाद हुँदा दुई पक्षीय समूह बनेको थियो । सो बिषय अदालत सम्म पुगेको थियो। एक बर्ष सम्म मुद्धा मामिला गर्दै दुबै पक्षले सहमति गरेर अन्तिममा गत महिना मुद्धा फिर्ता लिएर समझदारी गरेका थिए । त्यसपछि हालका अध्यक्ष बोहरा संगै काम गर्न नसकिने भन्दै बरिष्ठ उपाध्यक्ष दलबहादुर खड्का,महासचिव शंकर खड्का सहितका पदाधिकारी र सदस्यले राजिनामा गरेका छन् । संघका अध्यक्ष बोहराले उनिहरुको राजिनामा स्वीकृत समेत गरेका छन् ।

छलफल कार्यक्रममा अध्यक्ष बोहराले राजीनामा दिएका पदाधिकारी र सदस्यहरुलाई राजीनामा फिर्ता लिन बारम्बार अनुरोध गर्दा पनि नमानेकाले राजिनामा स्वीकृत गरेको बताए । उनले सामाजिक सञ्जालमा लेखेर आफ्नो बेईज्जत गराएको भएपनि संस्थालाई फेरि अगाडि बढाउन मिलेर जान आग्रह गरेको बताए । संस्था कुनै ब्यक्तिको नभएकाले अनिर्णयको बन्दी हुन नदिनको लागि अगाडिको कदम चालेको बताएका छन् । जिल्ला प्रशासन कार्यालयले बिधान अनुसार अगाढी बढ्न पत्रनै दिईसके पछि संस्थालाई अब सबैको सल्लाह अनुसार नै अगाढी बढाउने बताएका छन् ।

संघको विधान २०७१ को परिच्छेद ४ को दफा ५ बमोजिम अध्यक्षले रिक्त पदमा सदस्य मनोनीत गर्न पाउने व्यवस्था रहेको छ । छलफलमा बोल्नेहरुले विधानमबोजिमनै अगाडि बढ्न अध्यक्षलाई आग्रह गरेका छन् । संस्था भित्रको कुरालाई ल्याएर अत्तरिया क्षेत्रकै बदनाम भएको बताउदै उनीहरुले व्यवसायीहरुको साझा संस्थाका रुपमा एउटा राम्रो टिम बनाएर अघि बढ्नुपर्नेमा सुझाव दिएका छन् । त्यस्तै अत्तरियामा महोत्सव सञ्चालन गर्न पनि आग्रह गरिएको छ । अत्तरिका सबै व्यवसायीबाट छनोट गरेर समिति गठन गरी महोत्सव लगाउन सुझाव दिएका छन् ।

Loading...