धनगढी : सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बम चढेको गाडी भारतको पलियामा भारतीय कारसँग ठोक्किएको छ ।
राज्यमन्त्री बम चढेको प्रदेश ३०१०२४ च ३७२९ नम्बरको गाडी शनिबार बेलुका भारतीय कारसँग ठोक्किएको हो ।
राज्य मन्त्री बम र उनकी श्रीमती सवार निजी कारलाई भारतको दुधुवा नेसनल पार्क क्षेत्रमा एक भारतीय गाडीले ठक्कर दिँदा उनीहरू घाइते भएका छन् । मन्त्री बम सपरिवार औषधि उपचारको सिलसिलामा पलिया गएर घर फर्किने क्रममा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि उनीहरूलाई निसर्ग अस्पतालमा भर्ना गरिएको छ । हाल उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय धनगढीले जानकारी दिएको छ ।
भारतीय कारसँग ठोक्किएर दुर्घटना भएपछि राज्यमन्त्री बम चढेको गाडीलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ ।