धनगढीकाे सहिद गेटका चारवटा पसलमा आगलागी, झण्डै डेढ कराेडकाे क्षति

धनगढी : धनगढीकाे सहिद गेटमा रहेका चारवटा पसलमा आगलागी हुँदा झन्डै डेढ कराेड बराबरको क्षति भएको छ ।

आइतबार साँझ सहिद गेटमा टसर अन्सारीले सञ्चालन गरेकाे समीर माेबाईल ग्यालरीबाट लागेकाे आगाेले सँगै जाेडिएका अन्य पसलमा समेत क्षति पुगाएकाे प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले विद्युतकाे तार सर्ट भएर लागेकाे आगाे धनगढी उपमहानगरपालिकाका दुईवटा दमकलकाे सहायताले राति नै नियन्त्रणमा लिइएको बताए ।

तर माेबाईल ग्यालरीसँगै जाेडिएका अन्य पसलमा समेत आगाे फैलिएपछि क्षति बढि भएकाे खड्काले बताए ।

उनकाअनुसार समीर माेबाईल ग्यालरीकाे अन्दाजी ९/१० लाख क्षति भएकाे छ भने सुरेश पाठकले सञ्चालन गरेकाे श्रीकृष्ण इन्टरप्राइजेजमा एक कराेड भन्दा बढिकाे क्षति भएको प्रारम्भिक विवरण आएकाे छ ।

यस्तै, दिपेन्द्रप्रसाद पन्तले सञ्चालन गरेकाे अर्जुन आर्टसमा अन्दाजी ८/९ लाख र मजिबुल अन्सारीले सञ्चालन गरेकाे लबली टेलरमा ४/५ लाख बराबरको क्षति भएको छ ।

Loading...