धनगढी : कञ्चनपुरमा नक्कली बुवा बनेर बहुविवाह गराउने एक जना पक्राउ परेका छन् ।
डडेल्धुराको अमरगढी नगरपालिका-३ का ४२ वर्षीय वीरबहादुर ऐर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले बताए ।
डडेल्धुराको भागेश्वर गाउँपालिका-४ का ३२ वर्षीय विष्णुप्रसाद मालीको नक्कली बुवा बनेर बहुविवाह गराउन भूमिका खेलेको उनीमाथि आरोप छ ।
मालीले ३१ वर्षीया एक युवतीलाई झुक्याएर विवाह गरेका थिए । माली र कञ्चनपुरको वेदकोट नगरपालिका-२ का जनकबहादुर धामीलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।
