अत्तरिया : कैलालीको अत्तरिया उद्योग बाणिज्य संघका निबर्तमान उपाध्यक्ष दल बहादुर खड्काको टिमले अत्तरियाका व्यवसायीहरुसंग छलफल तथा सुझावहरू संकलन गर्ने भएको छ । अत्तरिया उद्योग वाणिज्य संघमा देखिएको समस्याहरू, चुनौतीहरू र सम्भावनाहरू माथि गहन छलफल गरी आवश्यक समाधानका उपाय ल्याउनका निमित्त छलफल कार्यक्रमको अयोजना गरिएको उपाध्यक्ष खड्काले बताए ।
हिजो अत्तरिया बजारमा माईकिङ गरेर छलफल तथा अन्तरक्रियाका लागि सम्पूर्ण व्यवसायी, राजनीतिक दलका प्रतिनिधिहरु लगायत सरोकारवाला सबैलाई आज दिउँसो १ बजे संघको प्राङ्गणमा उपस्थितिको लागि अनुरोध गरिएको बताए ।
गत बर्षको महोत्सवमा नक्कली ठेली बिक्रि भएपछि संघ भित्र बिबाद हुँदा दुई पक्षीय समूह बनेको थियो । सो बिषय अदालत सम्म पुगेको थियो । एक बर्ष सम्म मुद्धा मामिला गर्दै दुबै पक्षले सहमति गरेर अन्तिममा गत महिना मुद्धा फिर्ता लिएर समझदारी गरेका थिए ।

त्यसपछि हालका अध्यक्ष कल्याण सिंह बोहरा संगै काम गर्न नसकिने भन्दै बरिष्ठ उपाध्यक्ष दलबहादुर खड्का, उपाध्यक्ष (बाणिज्य) फागुराम चौधरी, (बस्तुगत) चेतराज पन्त, महासचिव शंकर खड्का, कोषाध्यक्ष हेमराज भण्डारी, सदस्यहरु बम बहादुर बोगटी, ज्ञानेन्द्र खड्का, बालकृष्ण ओझा, रमेश बोगटी र तेज बहादुर कार्कीले मंसिर ५ गते सामुहिक राजीनामा दिएका छन् ।
संघका अध्यक्ष बोहराले उनिहरुको राजिनामा स्वीकृत समेत गरेका छन् । गत शुक्रबार संघका अध्यक्ष कल्याण सिंह बोहराले अत्तरिया उद्योग बाणिज्य संघका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि लगायत व्यपारीहरुसंग छलफल गरेका थिए । छलफल कार्यक्रममा अध्यक्ष बोहराले राजीनामा दिएका पदाधिकारी र सदस्यहरुलाई राजीनामा फिर्ता लिन बारम्बार अनुरोध गर्दा पनि नमानेकाले राजिनामा स्वीकृत गरेको बताए ।
संस्था कुनै ब्यक्तिको नभएकाले अनिर्णयको बन्दी हुन नदिनको लागि अगाडिको कदम चालेको उनको भनाई थियो । जिल्ला प्रशासन कार्यालयले बिधान अनुसार अगाढी बढ्न पत्रनै दिईसके पछि संस्थालाई अब सबैको सल्लाह अनुसार नै अगाढी बढाउने अध्यक्ष बोहराले बताएका छन् । छलफल कार्यक्रममा सहभागिहरुले विधानमबोजिमनै अगाडि बढ्न अध्यक्षलाई आग्रह गरेका थिए ।
संस्था भित्रको कुरालाई ल्याएर अत्तरिया क्षेत्रकै बदनाम भएको बताउदै उनीहरुले व्यवसायीहरुको साझा संस्थाका रुपमा एउटा राम्रो टिम बनाएर अघि बढ्नुपर्नेमा सुझाव दिएका थिए । त्यस्तै अत्तरियामा महोत्सव सञ्चालन गर्न पनि आग्रह गरिएको छ । अत्तरिका सबै व्यवसायीबाट छनोट गरेर समिति गठन गरी महोत्सव लगाउन संघका अध्यक्षलाई सुझाव दिएका छन् ।