अत्तरियाका व्यवसायीहरुको भेला सम्पन्न, ७ सदस्यीय समन्वय समिति गठन

बिशेष अधिबेशन गरेर नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड

अत्तरिया : कैलालीको अत्तरिया उद्योग बाणिज्य संघमा देखिएको समस्या सामाधानका लागि आज अत्तरियाका व्यवसायीहरुको भेला सम्पन्न भएको छ । भेलामा सहभागी ब्यबसायीहरुले अत्तरिया उद्योग बाणिज्य संघको बिशेष अधिबेशन गरेर नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका छन् ।

संघबाट राजीनामा दिएका निवर्तमान उपाध्यक्ष दल बहादुर खड्का सहित ११ जनाको अगुवाईमा भेला भएको हो । गत बर्षको महोत्सवमा नक्कली ठेली बिक्रि भएपछि संघ भित्र बिबाद हुँदा दुई पक्षीय समूह बनेको थियो ।

सो बिषय अदालत सम्म पुगेर एक बर्ष सम्म मुद्धा मामिला गर्दै दुबै पक्षले सहमति गरेर अन्तिममा गत महिना मुद्धा फिर्ता लिएर समझदारी गरेका थिए । त्यसपछि हालका अध्यक्षसंगै काम गर्न नसकिने भन्दै संघका वरिष्ठ उपाध्यक्षसहित ११ जना पदाधिकारीहरुले सामूहिक राजिनामा दिएपछि संघलाई अगाढी बढाउन समस्या सिर्जना भएको छ ।

सोही समस्या समाधानको लागि आज अत्तरियाका व्यवसायीहरुको भेलाले ७ सदस्यीय समन्वय समिति गठन गरेको छ । समितीमा गोकर्ण भट्ट, हरिकृष्ण पाण्डे, सुरत कार्की, धना चोखाल, धर्म कुँवर, वीर बहादुर चोखाल र गणेश महरा समितिमा रहेका छन् ।

समितीले सबै पक्षसँग समन्वय गरेर यसको निकास दिने अपेक्षा गरिएको व्यवसायी एवम् संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष दलबहादुर खड्काले बताएका छन् । भेलामा १ सय २३ भन्दा बढी ब्यबसायीहरुको सहभागीता रहेको थियो । राजिनामा दिने समुहले बोलाएको भेलामा संघका अध्यक्ष भने उपस्थित भएनन् ।

भेलामा सहभागी व्यवसायीहरुको यस्तो रह्यो धारणा
भेलामा सहभागी ब्यबसायी हरिकृष्ण पाण्डेले नैतिकताको आधारमा अध्यक्षले राजिनामा दिनुको विकल्प नरहेको बताए । यस्तै ब्यबसायी गणेश बलायरले अध्यक्षले अब कार्य समितिमा बहुमत गुमाइसकेपछि बैधानिकता खोज्नु गलत रहेको बताउदै उनले यो समितिलाई ब्यबसायीहरुले अस्विकार गरिसकेको बताएका छन्।

Dhangadhi_Tihar 2083

त्यस्तै संघका पूर्व उपाध्यक्ष कमल कडायतले अहिले कुरा बाहिर आएपनि संस्थामा लामो समयदेखि बेथिती रहेको बताए । भेलामा बोल्दै व्यवसायी धनादेवी चोखालले संस्थाले व्यवसायीहरुको हितमा काम गर्न नसकेको बताइन् । उनले व्यवसायीको हकहितमा लाग्नुपर्ने संस्थाको कार्यसमिति आफैमा लडिरहेको बताइन् । त्यस्तै ईश्वरा आर्चायले अत्तरिया उद्योग वाणिज्य संघलाई यहाँसम्म ल्याउन आफुहरुले धेरै मिहिनेत गरेको बताउँदै उनले अब यो समितिले काम गर्न नसक्ने भएको बताइन् ।

अर्का ब्यबसायी रोम सापकोटले अहिलेको कार्यसमितिले ब्यबसायीको मत माथी घात गरेको बताउदै उनले चुनावको बेला अनावश्यक भोटर जम्मा गर्ने पद्धतिले अहिलेको परिणाम निम्ताएको बताएका छन् । व्यवसायी धर्मसिंह कुँवरले ११ जनाले सामूहिक राजिनामा दिएर पनि राम्रो नगरेको बताए । उनले ११ जनाले राजिनामा दिएर गलत विरुद्द लड्ने व्यवसायीहरुलाई धोका दिएको आरोप लगाउदै संस्थामा सल्लाहकार बनाएर आफुहरुलाई बेकुब बनाएको बताए । व्यवसायी गणेश महराले पनि ११ जनाले आफ्नो मर्जीले राजिनामा दिएर गलत गरेको बताएका छन् ।

यस्तै व्यवसायी राजेन्द्र खड्काले मिलेर जानसक्ने अवस्था भए मिल्नु उचित हुने बताएका छन् । ब्यबसायी गोकर्ण भट्टले चुनावको बेला नै फर्जी मतदाता बनाएर संस्था भित्र भ्रष्टाचार शुरु गरिएको भन्दै अब यसलाई सच्च्याउनु पर्ने बताएका छन् । उनले अब अधिवेशनमा जानुबाहेक अरु बिकल्प नरहेको बताए । संस्थाका संस्थापक बाजि कामिले संस्था आफुहरुले दुख गरेर जन्माएको भए पनि अहिले आएर संस्था बदनाम भएको दुखेसो पोखे ।

भेलामा बोल्ने केही व्यवसायीहरुले महोत्सवले संघमा विकृति सिंजृना गरेको भन्दै महोत्सव आयोजना गर्न नहुने पनि बताएका छन् ।

सम्बन्धित समाचार

अत्तरिया उद्योग बाणिज्य संघका निबर्तमान उपाध्यक्ष खड्काको टिमले आज व्यवसायीहरुसंग छलफल गर्ने

अत्तरिया उद्योग वाणिज्य संघलाई विधान बमोजिम अगाढी बढाउन सुझाव, महोत्सव सञ्चालन गर्न पनि आग्रह

अत्तरिया उद्योग बाणिज्य संघका १० जना पदाधिकारीले दिए राजिनामा

Loading...