कैलालीको गोदावरीमा एक जना मृत भेटिए

अत्तरिया : कैलालीको गोदावरीमा एक जना मृत अवस्थामा फेला परेका छन् ।

गोदावरी नगरपालिका-११ रेगुलेटरस्थित नहरमा चुरे गाउँपालिका-४ बालुवागडाका ७० वर्षीय कर्ण मास्कि मगर मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...