अत्तरियामा रुखमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला

अत्तरिया : कैलालीको अत्तरियामा रुखमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

मंगलबार बिहान गोदावरी नगरपालिका-२ दुर्गालक्ष्मी महिला सामुदायिक वनमा रहेको रुखमा झुण्डिएको अवस्थामा कञ्चनपुरको भीमदत्त नगरपालिका-२ की ४५ वर्षीय मानमती भट्टको शव फेला परेको हो ।

उनको अग्लो रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले बताए ।

उनले महेन्द्रनगरबाट आफन्तकोमा अत्तरियामा आएको जानकारी प्राप्त भएपनि थप विवरण नखुलेको बताए । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...