बैतडीमा लेनदेन बिवादका क्रममा गोली हानेर एक युवाको हत्या

Dhangadhi_Tihar 2083

बैतडी – बैतडीमा लेनदेन बिवादका क्रममा गोली हानेर एक युवाको हत्या गरिएको छ ।
जिल्लाको दोगडाकेदार गाउँपालिका–८ का २२ वर्षीय सुरेन्द्र बिष्टको गोली हानेर हत्या गरिएको हो ।
स्थानीय करिब ४५ वर्षीय कर्ण बिष्टले लेनदेन विवादका क्रममा गाउँकै भाइ नाता पर्ने सुरेन्द्र बिष्टको हत्या गरेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिए ।
गोली लागेर गम्भीर घाइते भएका सुरेन्द्रको उपचारको लागि अस्पताल लग्ने क्रममा ज्यान गएको थियो ।
गोली प्रहार गर्ने कर्णबहादुर फरार रहेका छन्। उनको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।

Loading...