कैलालीका एक प्रधानाध्यापक यौन जन्य हिंसा गरेको आरोपमा कार्वाहीमा परे

अत्तरिया : कैलालीका एक प्रधानाध्यापक यौन जन्य हिंसा गरेको आरोपमा कार्वाहीमा परेका छन । जिल्लाको गौरिगगां नगरपालिका ८ लिक्माको जनप्रिय माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक धनीदत्त भट्ट कारबाहीमा परेका हुन ।

विद्यालय व्यवस्थापन समितिमा जन्मदिन मनाउने बाहानामा आफ्नै छात्रालाई लिएर चिसापानी पुगेका भट्टले एक छात्राले यौन जन्य हिंसा गरेको गुनासोसहित निवेदन दिएपछि उनलाई पदबाट हटाइएको छ। जनप्रिय माध्यमिक विद्यालय, व्यवस्थापन समितिका अध्यक्ष मेलाराम टेर्राले भट्टलाई पदबाट हटाएको बताए।

उनले गौरीगंगा नगरपालिकालाई समेत जानकारी पठाएको बताएका छन्। विद्यालय व्यवस्थापन समितिले निर्णय गर्दै भट्टलाई पदबाट हटाएको हो। उनले भने, ‘हामीले पदबाट हटाएका छौ। नगरपालिकामा निर्णय पठाएका छौ। अहिले कामचलाउ रूपमा दिपेन्द्र खड्कालाई प्रअ राखेका छौ।’

भट्टमाथि फागुन २ गतेका दिन मसुरियाबाट चिसापानीसम्म छात्राहरूलाई लगेर, उनीहरूमाथि यौन हिंसा गरेको आरोप लागेको छ । तर, शिक्षक भट्टले छात्राको खुट्टा छोएर माफी मागेपछि घटनामा मिलापत्र भएको थियो।

Deep Jyoti Pustak psl
Loading...