गोदावरीमा कोठा भाडामा बस्ने लागूऔषधसहित दुई युवती र एक युवक पक्राउ

अत्तरिया : कैलालीको गोदावरीबाट लागूऔषधसहित दुई युवती र एक युवक पक्राउ परेका छन् ।

बिशेष सूचनाको आधारमा गोदावरी नगरपालिका-२ पहाड रोड स्थित बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१८ घर भई हाल गोदावरी-२ कोठा कोठा भाडामा बस्ने २५ वर्षकी ट्युङ्कल शाहको कोठाबाट ट्युङ्कल शाह, दार्चुलाको शैल्यशिखर नगरपालिका-२ बस्ने २० वर्षीय सागर ठगुन्ना र बझाङ्गको जयपृथ्बी नगरपालिका-७ बस्ने ३५ वर्षकी अनु मल्ल लागूऔषधसहित पक्राउ परेका छन्।

तिनै जनालाई १ ग्राम ४६० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित इलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

Deep Jyoti Pustak psl
Loading...