गोदावरी-१० मा एमालेको टोल अधिवेशन सम्पन्न

नगरपालिकाका १२ वडा मध्ये गोदावरी-१० ले पहिले गर्यो सम्पन्न

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-१० मा नेकपा एमालेको टोल अधिवेशन सम्पन्न भएको छ । एमालेले शुरु गरेको वडा केन्द्रित जरा अभियानका क्रममा वडा नम्बर १० का बिभिन्न टोलहरुमा नयाँ कमिटी गठन गरी टोल अधिवेशन पनि सम्पन्न भएको हो ।

गोदावरीको वडा नम्बर १० मा फागुन १९ गतेबाट वडा कमिटी अध्यक्ष धन बहादुर टमटाको अध्यक्षतामा जिल्ला कमिटी सदस्य तथा वडा ईन्चार्ज भोज जैगडीले उक्त अभियान शुरु गरेका थिए । अभियानका क्रममा वडाका ७ वटा टोलमा नयाँ कमिटी गठन गरिएको छ ।

टोल कमिटीमा भागेश्वर टोलमा नर बहादुर दमाई, सितापुर टोलमा जुल्के कामी, शिबरामपुर टोलमा लाल बहादुर टमटा, दमौरा टोलमा लाल बहादुर चौधरी, शिब शक्ति टोलमा भुवन सिं, तल्लो खमौरा टोलमा सरिता चुनारा र माथिल्लो खमौरामा देव सिं कार्कीको अध्यक्षतामा कमिटी गठन गरिएको वडा ईन्चार्ज जैगडीले बताए । उनले गोदावरीका १२ वडा मध्ये वडा नम्बर १० ले वडाका सबै टोलमा टोल कमिटी गठन गरेर सम्पन्न गरेको बताए ।

वडाको अभियानमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश लेखा समिती सदस्य नर बहादुर रोकाया, प्रदेश स्थानिय बिभाग सदस्य शारदा देवी रोकाया, जिल्ला कमिटी सदस्य रन्जीता देवी चौधरी, नगर कमिटी अध्यक्ष सन्तोष सिंह, नगर कमिटी सदस्य झंकर कोली, राम ब. जैगडी, अरुण प्रसाद भण्डारी, पुर्व नगरकमिटी सचिवालय सदस्य राम दत्त भण्डारी, वडा कमिटी उपाध्यक्ष चक्र सुनार, वडा कमिटी सचिव गोविन्द राज जोशी, जहर ऐर लगायत वडा कमिटी सदस्यहरुको उपस्थिती रहेको थियो ।

गोदावरीमा फागुन १५ गतेबाट शुरु भएको वडा केन्द्रित जरा अभियान अहिले व्यापक रुपमा वडाहरुमा सञ्चालन भईरहेको छ । नेताहरु वडामा पुगेर सरकारले गरिरहेका काम र पार्टीका अभियान बारे जानकारी गराउनुका साथै टोल कमिटि गठन, कार्यकर्ता र जनतासंग भेटघाट, पार्टिको सदस्यता नविकरण, सदस्यता वितरण र जनताका समस्या बुझ्ने र समाधानका उपायबारे छलफल समेत गरिरहेका छन् । चैत मसान्त सम्म जरा केन्द्रित अभियान जारी रहने भएको छ ।

Loading...