बैतडीमा चिकित्सक नहुँदा प्रभावित स्त्री तथा प्रसूति सेवा सञ्चालन

यसअघि सेवाका लागि यहाँका नागरिक जिल्ला बाहिर र भारतको पिथौरागढ जान बाध्य थिए

Dhangadhi_Tihar 2083

बैतडी: जिल्ला अस्पताल बैतडीमा विशेषज्ञ चिकित्सक नहुँदा प्रभावित रहेको स्त्री तथा प्रसूति रोगसम्बन्धी सेवा सञ्चालनमा आएको छ ।
विशेषज्ञ चिकित्सक नहुँदा लामो समयसम्म प्रभावित रहेको स्त्री तथा प्रसूति रोगसम्बन्धी सेवा पुनःसञ्चालनमा आएको हो । जिल्ला अस्पतालमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा रामकुमार यादव हाजिर भएपछि स्त्री तथा प्रसूति रोगसम्बन्धी सेवा पनि पुनः सञ्चालनमा आएका अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए । विशेषज्ञ चिकित्सक आएसँगै महिलालाई उपचारका लागि सहज भएको छ। यसअघि सेवाका लागि यहाँका नागरिक जिल्ला बाहिर र भारतको पिथौरागढ जान बाध्य थिए। अब उक्त बाध्यताको पनि अन्त्य भएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले परामर्श सेवाबाट डा यादवलाई छनोट गरेर जिल्ला अस्पतालमा पठाएको हो। यस्तै, नयाँ मेडिकल अधिकृतका रूपमा डा निश्चल ज्ञवालीसमेत अस्पतालमा हाजिर भएका छन्। ज्ञवाली छात्रवृत्ति करारबाट जिल्ला अस्पतालमा आएका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्टले बताए। जिल्ला अस्पतालमा अहिले दुई विशेषज्ञ, एक दन्तरोग विशेषज्ञ र ६ स्वास्थ्य अधिकृतसहित नौ चिकित्सक कार्यरत छन्।

Loading...