नेपाल खेलकुद महासंघ डाेटीकाे अध्यक्षमा विनाडी सर्वसम्मत, उपाध्यक्षमा सिराडी

डाेटी : नेपाल खेलकुद महासंघ डाेटीकाे अध्यक्षमा नवराज विनाडी सर्वसम्मत चयन भएका छन् ।

आइतबार जाेरायल गाउँपालिकाकाे बुडरमा सम्पन्न महासंघकाे दोस्रो जिल्ला अधिवेशनले विनाडीकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेकाे हाे ।

उपाध्यक्षमा कृष्णा सिराडी,सचिवमा ढकबहादुर खत्री, उपसचिवमा जगदीश ओझा,दिपक पाण्डेय र काेषाध्यक्षमा देवीलाल उपाध्याय पनि सर्वसम्मत चयन भएका छन् ।

सदस्यमा खेम बाेहरा, पुरन धामी, हस्त बिक,धिरज राेकाया,मनबहादुर कपड्याल,दिपक बाेहरा, दीर्घराज ओझा, गणेश मल्ल, राधिका टमटा,केशव विष्ट, गणेश काेली, शंकर पनेरू, बम साउद र बिरेन्द्र धामी चयन भएका छन् ।

संगठनका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज विष्णु चन्दकाे प्रमुख आथित्यतामा अधिवेशनकाे उद्घाटन समारोह सम्पन्न भएकाे थियाे ।

चन्दले खेलकुदका माध्यमबाट एमाले पार्टी र नेतृत्वलाई सफल पार्न भूमिका खेल्न निर्देशन दिएका छन् ।

कार्यक्रममा संगठनका केन्द्रीय सदस्य चित्र भट्ट, सुदूरपश्चिम प्रदेश अध्यक्ष प्रकाश चन्द, पार्टीका प्रदेश सचिवालय सदस्य तथा जाेरायल गाउँपालिका अध्यक्ष दुर्गा जाेशी, एमाले डाेटीका सचिव पदम भट्ट लगायतका नेताहरूकाे उपस्थिति रहेकाे थियो ।

Deep Jyoti Pustak psl
Loading...