अत्तरिया : ओझा सेवा समाज कैलालीको अध्यक्षमा गिरिराज ओझा चयन भएका छन् । शनिबार अत्तरियामा भएको समाजको दोस्रो जिल्ला अधिवेशनबाट गिरिराजको अध्यक्षतामा ११ सदस्सीय समिति चयन गरिएको हो ।
उपाध्यक्षमा भुमिनन्द ओझा, सचिवमा खिमादेवी ओझा, कोषाध्यक्षमा केशव राज ओझा चयन भएका छन् । यस्तै सदस्यहरुमा वेद प्रकाश ओझा, यज्ञराज ओझा, पुष्पा ओझा, नारायण ओझा, बिश्वनाथ ओझा र पदमराज ओझा चयन भएका छन् ।

अत्तरिया स्थित प्रतिभा सामुदायिक पुस्तकालयको सभाहलमा हेमराज ओझाको सभापतित्वमा आयोजित दोस्रो जिल्ला अधिवेशन कार्यक्रममा गोदावरी नगरपालिका उपमेयर शारदा देवी रोकाया प्रमुख अतिथी रहेकी थिईन् । बिशिष्ठ अतिथीमा ओझा सेवा समाजका केन्द्रिय सदस्य गौरीलाल ओझा रहेका थिए । कार्यक्रममा जिल्लाका बिभिन्न पालिकाका पदाधिकारी लगायत ओझाहरुको उपस्थिती रहेको थियो ।
मदनराज ओझाको संयोजकत्वमा बनेको नयाँ कार्यसमितीका लागि निर्वाचन मण्डलमा सदस्य नवराज ओझा र हेमराज ओझा रहेका थिए । नयाँ कार्यसमितीका पदाधिकारी तथा सदस्यहरु भने सर्बसम्मत रुपमा निर्वाचित भएका छन् ।

