धनगढीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

धनगढी : कैलालीको धनगढीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मंगलबार धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोकमा सुपप्र०१००२ त४०१५ नम्बरको ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँ बस्ने ५५ वर्षीय सुन्दर चौधरीको मृत्यु भएको हो ।
सुपप्र ०१०११प८७१७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका रानाको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीले ट्याक्टर र चालक गोदावरी नगरपालिका-९ बस्ने २४ वर्षीय अजय चौधरीलाई नियन्त्रणमा लिएको छ ।

Deep Jyoti Pustak psl
Loading...