सर्पको टोकाइबाट शारदा माविमा कार्यरत शिक्षिका अवस्थीको निधन

धनगढी : कैलालीको गोदावरीमा रहेको शारदा माविमा कार्यरत शिक्षिका पार्वती अवस्थीको सर्पको टोकाइबाट निधन भएको छ ।

गोदावरी नगरपालिका-८ श्रीपुरमा प्रावि तहमा कार्यरत शिक्षिका अवस्थीको बिहिवार सर्पको टोकाइबाट निधन भएको हो ।

सर्पले टोकेपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएकी अवस्थीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनी धनगढी उपमहानगरपालिका-३ बोराडाँडी निवासी हुन ।

Loading...