बाजुरामा खोलाले बगाउदा बेपत्ता पूर्व वडा सदस्य मृत फेला

बाजुरा: बाजुराको गौमुल गाउँपालिका–३ का पूर्व वडा सदस्य धनबहादुर बोहरा मृत अवस्थामा फेला गरेका छन । आइतवार दिउँसो घट्टको पात्थर ल्याउँने क्रममा गेरेनीखोला तर्ने बेला एकासी माथिबाट आएको बाढीले उनलाई बगाएको थियो ।

Dhangadhi_Tihar 2083

बाढीले बगाएर बेत्तपा भएका बोहराको शव गौमुल गाउँपालिकाकै आगर भन्ने ठाउँमा सोमवार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बेपत्ता उनलाई आइतवार स्थानीय र प्रहरीले खोजी गर्दा पनि भेटिएनन् । आज बिहान खोलामा पानीको बहाव घटेपछि उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनकबहादुर बोहराले बताए ।

Loading...