अत्तरिया : कैलालीमा नहरमा डुबेर एक जनाको मृत्यु भएको छ ।
हिजो (शनिबार) लम्की चुहानगरपालिका– ६ बाघमारामा रानीजमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा नुहाउने क्रममा डुबेर दैलेख आठबिस नगरपालिका– २ का २२ वर्षीय प्रेम रसाइलीको मृत्यु भएको हो ।
रसाइली लम्कीचुहा– ६ गुलरास्थित ससुराली घरमा बस्दै आएका इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले बताए ।