तेह्र वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा पचास वर्षीय पुरुष पक्राउ

अत्तरिया : कैलालीमा १३ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा ५० वर्षीय पुरुष पक्राउ परेका छन् ।

जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका– ४ मौरनिया बस्ने ५० वर्षीय रामकृष्ण चौधरी पक्राउ परेका हुन ।

पीडितले दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...