अत्तरिया : कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।
जिल्लाको धनगढी उपमहानगरपालिका १० बनकट्टीबाट सोही ठाउँ बस्ने २० वर्षीय संजय राना लागूऔषधसहित पक्राउ परेका हुन्।
रानालाई चेकजाँच गर्दा १ ग्राम ७८० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।