अत्तरिया : कैलालीका वन पैदावार मुद्दामा फरार एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले बिना ईजाजत वन पैदावार मुद्दामा १ लाख चालिस हजार चारसय त्रिसठ्ठी जरिवाना तोकिएको कैलालीको घोडाघोडी नगरपालिका–९ बस्ने २२ वर्षीय शेरबहादुर रावत पक्राउ परेका हुन्।
रावतलाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले आइतवार पहलमानपुर बजारबाट पक्राउ गरेको बताएको छ।
