भिरबाट लडेर बाजुरामा एक जनाको मृत्यु

बाजुरा : भिरबाट लडेर बाजुरामा एक जनाको मृत्यु भएको छ। बाजुराको बुढीनन्दा नगरपालिका१ जमसाल बस्ने ६१ वर्षीय मनिचन्द्र खत्रीको भिरबाट लडेर मृत्यु भएको हो।

खत्री घाँस काट्न टालेबिस्न लेकमा गएकोमा साँझसम्म घर नआएकोले आफन्तले खोजतलास गर्दै जाँदा माङ्लेगौडा भिरबाट अन्दाजी १०० मिटर तल खसेर घाईते अवस्थामा फेला परेका थिए।

उनलाई उपचारको लागि कोल्टी अस्पताल बुढीनन्दा, बाजुरामा पु¥याएपछि चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

Deep Jyoti Pustak psl
Loading...