कञ्चनपुरमा लागूऔषध मुद्दामा फरार रहेका दुई जना पक्राउ

कञ्चनपुर : लागूऔषध मुद्दामा फरार कञ्चनपुरका दुई जना पक्राउ परेका छन्।

Dhangadhi_Tihar 2083

पक्राउ पर्नेमा लागूऔषध मुद्दामा १ महिना कैद सजाय र २ हजार जरिवाना तोकिएको भीमदत्त नगरपालिका–३ तिलकपुर बस्ने ३५ वर्षीय खडक बिष्ट र सोही मुद्दामा १५ दिन कैद सजाय र १० हजार जरिवाना तोकिएको बेदकोट नगरपालिका–६ बस्ने ३४ वर्षीय सागर सिँह साउँद पक्राउ परेका हुन्।

जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुबै जनालाई शुक्रवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

Loading...