बाघको आक्रमणबाट अछाममा एक जना घाइते

अछाम : अछाममा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्।

जिल्लाको ढकारी गाउँपालिका– ४ घर भई हाल कैलालीको मोहन्याल गाउँपालिका–१ बस्ने ४९ वर्षीय धर्म सिंह थापा शनिवार दिउँसो बाघको आक्रमणमा परि घाइते भएका हुन्।

Dhangadhi_Tihar 2083

थापा ससुराली दाउन्मोराबाट आफ्नो घर भिरमुड फर्किँदै गर्दा बसन्त सामुदायिक वनअन्तर्गतको बुकखोला डाँडामा दिउँसो करिब ३ बजे बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

आक्रमणका क्रममा थापाको दुवै गाला, टाउको र बायाँ हातको पाखुरामा गहिरो चोट लागेको बताइएको छ। उपचारका लागि घाइते थापालाई जिल्ला अस्पताल मंगलसेन पु¥याइएको थियो।

थापा अचानक बाघको आक्रमणमा परे पछि सो क्षेत्रमा स्थानीय बासी त्रसित बनेका छन् ।

Loading...