अत्तरिया : बैतडीबाट चेक अनादर मुद्दाका फरार प्रतिवादी प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत दार्चुलाले २०८१ असोज ७ गते चेक अनादर मुद्दामा ३ हजार जरिवाना तोकेका बैतडी दोगडाकेदार गाउँपालिका – ४ कपिण्डाका ५३ वर्षीय केशब राज भट्ट पक्राउ परेका हुन ।
उनलाई घर ठेगानाबाट नियन्त्रणमा लिई जरिवाना असुल उपरका लागि जिल्ला अदालत बैतडीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।