बहुबिबाह र सवारी ज्यान मुद्दामा फरार रहेका कञ्चनपुरका २ जना पक्राउ

कञ्चनपुर : कञ्चनपुरमा बहुबिबाह र सवारी ज्यान मुद्दामा फरार २ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बहुबिबाह मुद्दामा १ वर्ष ६ महिना कैद सजाय तोकिएको बेलौरी नगरपालिका–२ बस्ने ४७ वर्षीय मानबहादुर चौधरी र सवारी ज्यान मुद्दामा ६ महिना कैद सजाय र २ हजार जरिवाना तोकिएको दोधारा चाँदनी नगरपालिका–१० बस्ने २० वर्षीय जय सिँह बुढामगर रहेका छन्।

जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुबै जनालाई मंगलवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।

Deep Jyoti Pustak psl
Loading...