कैलाली कारागारमा कुटाकुट हुँदा एक जनाको मृत्यु, ४७ जना घाइते

धनगढी : कैलाली जिल्ला कारागारमा फेरि कुटाकुट भएको छ । कुटाकुटमा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् । घटनामा धनगढी-४ का भरत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी राजकुमार सिंहले जानकारी दिए ।

शुक्रबार राति ११ बजेको समयमा कुटाकुट भएको थियो । कुटाकुटका क्रममा सख्त घाइते भएका चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो । उनको त्यही मृत्यु भएको हो ।

मृतक ४० वर्षीय चौधरी लागुऔषधि मुद्दामा थुनामा थिए । उनको शव सोही अस्पतलाको शवगृहमा राखिएको छ ।

डीएसपी सिंहका अनुसार घटनामा घाइते भएका मध्ये ३ जनाको अवस्था गम्भीर छ । उनीहरु सबैको सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ ।

बिहीबार पनि कारागारमा कुटाकुट भएको थियो । उक्त कुटाकुटमा ५ जना घाइते भएका थिए भने असार २८ गते भएको कुटाकुटमा कारागारका नाइके खगेन्द्र बोगटी घाइते भएका छन ।

Deep Jyoti Pustak psl
Loading...